अपडेटः काबुल विमानस्थल बाहिर दोश्रो विष्फोट, ११ को मृत्यु, ३ अमेरिकी सैनिक घाइते

काबुल । काबुल विमानस्थलबाहिर अर्को विष्फोट पनि भएको छ । यसअघि भएको विष्फोट बेलायती सैनिक रहेको स्थानमा भएको थियो । दोश्रो विष्फोट समेत विमानस्थल बाहिर भएको छ ।

फक्स न्यूजका अनुसार, विष्फोटमा अहिलेसम्म ११ जनाको मृत्यु भएको छ भने तीन जना अमेरिकी सैनिक घाइते भएका छन् । मृतक र घाइतेको संख्या अझै बढन सक्ने बताइन्छ ।
हजारौं मानिस अफगानिस्तान छोड्न जम्मा भएको काबुल विमानस्थलबाहिर ठूलो विष्फोट भएको हाे ।

अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर विस्फोट भएको पेन्टागनले पुष्टि गरेको हो।

पेन्टागनका प्रेस अधिकारी जोन किर्बीले विस्फोटमा भएका हताहतीबारे स्पष्ट नभएको बताए पनि फक्स समाचारले हताहती भएकाे बताएकाे हाे ।

विस्फोटबारे थप विवरण प्राप्त हुनासाथ जानकारी गराइने उनले बताए।

हमला हुन सक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन विस्फोटको खबर आएको छ।


बिबिसीका अनुसार, विष्फोट लगत्तै गोली चलेको आवाज समेत सुनिएको छ । ब्रिटेनका सैनिक रहेको एबी गेटनिर विष्फोट भएको छ । आतंककारी हमलाको चेतावनी आएपछि यो गेट बन्द गरिएको थियो । घटनामा कुनै पनि ब्रिटिश सैनिक हताहत भएको बारेमा भने जानकारी नआएको बेलायती रक्षाश्रोतलाई उदृत गर्दै विविसीले जनाएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति बाइडेनले आइएसले आतंककारी हमला गर्नसक्ने भन्दै जतिसक्दो चाँडो उद्धार कार्य सक्न निर्देशन दिएका थिए ।

तालिबानले अगस्त ३१ भित्र अमेरिकी र अन्य सबै विदेशी सैनिक फिर्ता हुनुपर्ने र उद्दारको कार्य स्थगित गर्नुपर्ने चेतावनी दिएको थियो । यद्यपी तालिबानले त्यसपछि पनि विदेशी र अफगानी नागरिकले देश छोड्न पाउने भने बताएको थियो ।

कमेन्ट गर्नुहोस्