संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइ भदौ १८ मा हुने

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विवादको मुद्दाको पेशी आगामी शुक्रबारका लागि तोकिएको छ ।

सर्वोच्च अदालतले उक्त मुद्दा आगामी भदौ १८ गते सुनुवाइ हुने गरी निवेदक कानून व्यवसायीहरुलाई जानकारी गराएको छ ।

सुनुवाइमा सहजताको लागि भन्दै त्यो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा भने बिदामा बस्ने भएका छन् ।

उनको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशका हैसियतले संवैधानिक इजलासको नेतृत्व गरी अन्य ४ न्यायाधीश तोक्नेछन् । त्यो दिन मुद्दाको प्रारम्भिक सुनुवाइ हुनेछ ।

यो मुद्दामा अन्तिम सुनवाइका बेला पनि प्रधानन्यायाधीश जबरा बिदामा बस्नेछन् । बीचको अवधिमा भने नियमित रुपमा काम गर्नेछन् ।

कमेन्ट गर्नुहोस्