स्थायी कमिटी निर्णयविपरित केपी ओलीको असभ्य बोलीः माधव नेपाल ‘कुलङ्गार र दलाल’ नेता भएकाे आराेप

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले सभ्य र मर्यादित भाषामा आलोचना र भाषण गर्ने सहमतिको निर्णय सार्वजनिक गरेपनि अध्यक्ष ओलीले भने अमर्यादित भाषा बोल्न छोडेका छैनन् ।

आज युवासंघले आयोजना गरेको एक कार्यक्रममा ओलीले असभ्य भाषामा माधव नेपालको चर्को आलोचना गरे ।

उनले माधव नेपाललाई कुलंगारको संज्ञा दिए । यतिमात्रै नभएर उनले माधव नेपाललाई पहेँलिएर खसेको पात भएकोले केही फरक नपर्ने टिप्पणी गरे ।

माधव नेपाललाई ‘कुलङ्गार नेता’ को संज्ञा दिँदै उनले भने, ‘महासागरजत्रो पार्टी छ, पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन् । कोही मान्छेलाई सानै भएपनि आफ्नो घरको राजा हुन मन लाग्छ ।’

उनले माधव नेपाल प्रतिक्रियावादीसँग मिलेको भन्दै त्यस्ता मान्छे पार्टीबाट बाहिरिएर कुनै फरक नपर्ने बताए । ‘एमाले सिध्याउँछु भनिसकेपछि, देशलाई अप्ठ्यारोमा पार्छु भनिसकेपछि सम्झाएर हुन्छ रु’ उनले भने, ‘हामीले सम्झाउन खोज्यौँ । बुझाउन खोज्यौं । मैले बिसौपटक फोन गरेँ । जहाँ जहाँ भन्यो त्यहीँ धाएर भेटेँ । नराम्रो कुरा भइसक्यो, अब चिन्ता गरेर बस्ने होइन । एक दुईवटा पात खस्दैमा रुख पीर मानेर बस्दैन । अर्को टुसो आउँछ ।’

माधव नेपाल विदेशीहरुको दलाल भन्दै ओलीले चर्को आलोचनामा समय व्यतित गरेका थिए ।
‘एमालेलाई सिध्याउँछु, देशलाई अफ्ठ्यारो पार्छु भनेर लागेपछि। विदेशी दाललीमा कसम खाएर लागेपछि सम्झाएर हुन्छरु पार लाग्दैन। सम्झाउन खोजेँ पार लागेन,’ ओलीले भने, ‘पाँच(पाँच पटक भेटेर सम्झाएँ, मैले सम्झाउँदा दुनियाँ सम्झिन्छ, तर माधव नेपाललाई सकिनँ।’

पानी समातेर तिमीले सम्झाएको मान्दै मान्दिनँ, धरोधर्म भनेर लागेपछि के गर्ने भन्दै ओलीले यसमा चिन्ता गरेर नबस्ने बताए।

‘एमालेविरूद्ध मोर्चा बनाउँछन् रे। मिलेर लड्ने हो रे। एक(एक दर्जनका दस वटा पार्टी जोड्दा १० दर्जन भए। १२० जनाको मोर्चा कसेर एमालेसँग लड्ने रे,’ उनले भने, ‘माधव नेपालका नक्कली नाम, दोहोरिएका नाम जोड्दा ५५ र २९ जना मिलेर एमालेसँग लड्ने रे, कुरामा उहाँहरू लड्नुहुन्छ। मैदानमा व्यवहारमा होइन,’ उनले भने, ‘एमाले ढोडको लौरो समातेर हिँड्दैन, ढोडको लौरो टेकेर कोसी तरिँदैन। पौडिएर लड्ने क्षमता हामीसँग छ,’ उनले भने।

कमेन्ट गर्नुहोस्