काबुल । तालिबानले काबुल अन्तर्राष्ट्रय विमानस्थलको सञ्चालनको जिम्मा लिन टर्कीलाई अनुरोध गरेको छ ।
टर्कीका राष्ट्रपति रेकेप तेइप एड्रोजनले सार्वजनिक गरे अनुसार, तालिबानले काबुल विमानस्थल सञ्चालनका लागि टर्की सरकारसँग अनुरोध गरेको हो । यद्यपी विमानस्थलको सुरक्षाको जिम्मा भने तालिबानले लिने शर्त राखिएको छ ।
तालिबानले विमानस्थलमा यसअघि जस्तै रक्तपात हुनसक्ने बताउँदै सुरक्षाको विषय त्यति सहज नभएको हुँदा विमानस्थलको सम्पूर्ण सुरक्षा आफूले गर्ने तर अन्य सञ्चालनको कार्यभार टर्की लिने प्रस्ताव गरेको राष्ट्रपतिले बताए ।
राष्ट्रपति एड्रोजनले यसबारेमा निर्णयमा पुग्ने बताए । बिबिसीले भने टर्कीले विमानस्थलको जिम्मा लिने सम्भावना न्यून भएको जनाएको छ । टर्कीले बिहिबारदेखि ५ सय बढी सैनिकहरुलाई अफगानिस्तानबाट फिर्ता लगिसकेको छ ।