काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली अध्यक्ष भएपछि नेकपा एमालेमा गुटबन्दी सुरु भएका बताएका छन्।
वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका नेपालले ओलीको नेतृत्वमा पार्टी विस्तारै शिथिल हुँदै गएको बताए ।
‘कम्युनिस्ट आन्दोलनमा पटकपटक समस्या देखिन थालेको छ यो पहिलो समस्या होइन। २००४ सालदेखि नै यो आन्दोलनमा समस्या देखिन थालेको छु, उनले भने,’केपी ओली अध्यक्ष भएदेखि नै यो पार्टी विस्तारै शिथिल हुँदै गयो। गुटबन्दी हुँदै गयो। विस्तारै चुर्लुम्म दक्षिणपन्थी भासमा भासियो।’