देशभर थप दुई हजार दुई सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार ९ सय २ र एन्टिजेन परीक्षणमा ३ सय ९३ जनामा संक्रमण देखिएको हो ।
यो अवधिमा ११ हजार ८ सय ९२ जनाको पिसिआर परीक्षण र चार हजार तीन सय ४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
हाल देशभर ३५ हजार ८ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार एक हजार आठ सय आठजना कोरोना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार ७ सय ३० पुगेको छ ।