गठबन्धन बैठकले आज मन्त्रीपरिषद बिस्तारबारे टुंगो लगाउने, तत्काल मन्त्रीपरिषद बिस्तारको तयारी

काठमाडौं । सत्तारुढ गठबन्धनले आज मन्त्रीपरिषद बिस्तारबारे टुंगो लगाउने भएको छ ।

सत्तारुढ गठबन्धनको अहिले केहीबेरमा बालुवाटारमा बस्ने बैठकले गठबन्धनका दलहरुले पाउने मन्त्रालयको टुंगो लगाएसँगै दलहरुले सरकारमा पठाउने सांसदहरुबारे निर्णय गर्ने बुझिन्छ ।

सम्भवतः आज नै नभए भोलीसम्म सरकारमा पठाउने तयारी गरेको माओवादी केन्द्रका एक नेताले बताए ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले यसअघि नै सरकारमा केही मन्त्री पठाएको भएपनि एकीकृत समाजवादी र जनता समाजवादीका तर्फबाट सरकारमा कोही पनि सहभागी छैनन् ।

सरकार बिस्तार नहुँदा जनअपेक्षा अनुरुप राज्यका निकायलाई प्रभावकारीरुपमा अगाडि बढाउन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।

माओवादी केन्द्रले सरकारमा जानेहरुका बारेमा मोटामोटी निर्णय गरिसकेको ती केन्द्रीय नेताले बताए। एकीकृत समाजवादीले भने सरकारमा पठाउने विषयमा अध्यक्ष माधव नेपाललाई जिम्मा दिएको छ । अध्यक्ष नेपालले हाइकमाण्डसँग छलफल गरेर मापदण्ड तय गरे अनुरुप मन्त्री छनौट गर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्