मुख्यमन्त्री शाक्यको पद धरापमा, १२ सांसद एकीकृत समाजवादीमा

काठमाडौं । बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ ।

बाग्मती प्रदेशका १२ जना सांसदहरु माधव नेपालको पक्षमा सनाखत गर्न पुगेपछि शाक्यको पद संकटमा परेको हो ।

निर्वाचन आयोगमा एकीकृत समाजवादी दर्ता भएसँगै आजसम्म आफू कुन दलमा रहने हो सो को सनाखत गर्न समयअवधि तोकेको थियो ।

याे पनि पढ्नुस  अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा बागमती प्रदेश समानान्तर कमिटी घोषणा

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालसहित प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले आयोग पुगेर सनाखत गरेका हुन् ।

याे पनि पढ्नुस  केपी ओली जनताको अधिकार खोस्ने शासक : अष्टलक्ष्मी शाक्य

माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी०मा एमालेका १२ जना सांसदले सनाखत गरेसँगै मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

कमेन्ट गर्नुहोस्