प्रदेश २ : जसपाका १० सांसदले रोजे लोसपा

जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) का १० जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर १० जना सांसदले सनाखत गरेका हुन् । सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साह छन् ।

याे पनि पढ्नुस  प्रदेश २ मा राष्ट्रपति शासन लगाउन मधेश अधिकारकर्मीको माग

बुधबार १० सांसदले सनातखत गरेको र अन्यले भोलि पनि सनाखत गर्ने सांसद परमेश्वर साहले बताए । निर्वाचन आयोगले दल रोज्नका लागि जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय तोकेको छ ।

कमेन्ट गर्नुहोस्