तालिबानले आज सरकार गठन गर्न सक्ने, महिला र बिभिन्न समुदायको प्रतिनिधित्व गर्ने दावी

काबुल, अफगानिस्तानमा तालिबानले नयाँ सरकार घोषणालाई अन्तिम रुप दिने भएको छ ।

बिभिन्न सञ्चारमाध्यमले जनाए अनुसार, तालिबानले आज शुक्रबार नयाँ सरकारको घोषणा गर्ने भएको छ ।

अहिलेसम्म प्राप्त विवरणहरूका अनुसार तालिबानका सर्वोच्च नेता हैबातुल्लाह अखुन्दजादा नै अफगानिस्तानको सर्वोच्च नेता घोषणा हुन सक्ने देखिएको छ। इरानजस्तै उनीपछि मर्यादाक्रममा राष्ट्रपति हुने देखिन्छ । राखिने छ।

तालिबानहरूले यसअघि सन् १९९६ देखि २००१ सम्म चुनावबिना नै अफगानिस्तानमा इस्लामिक सरिया कानुनअनुसार कट्टर शासन चलाएका थिए।

अगस्ट १५ मा तालिबानहरूले सत्ता कब्जा गरेका थिए।

२० वर्षे युद्ध सकेर अमेरिकी सेना अगस्ट ३१ मा अफगानिस्तानबाट फिर्ता भएको थियो। तालिबानहरू फेरि सत्तामा फर्किएपछि समावेशी सरकार बनाउन उनीहरूलाई आन्तरिक र बाह्य रूपमा दबाब छ।

झन्डै चार करोड जनसंख्या भएको अफगानिस्तानमा झन्डै आधा मानिसहरूलाई खाद्यान्नको समस्या छ। उनीहरूलाई तत्काल राहत जरूरी छ।

अर्थतन्त्र तहसनहस भएको अफगानिस्तानमा सरकार चलाउन तालिबानहरूलाई अन्तर्राष्ट्रिय सहायताको खाँचो छ।

कमेन्ट गर्नुहोस्