स्मिता दाहालको पहिलो हिन्दी गीत ‘इबादत’ सार्वजनिक

काठमाडौं । युवा गायिका स्मिता दाहालको पहिलो हिन्दी गीत सार्वजनिक भएको छ ।
शबाब साब्रीसँगको युगल गायनमा रहेको गीत के आर वाहीले लेखेका हुन भने संगीत शबाब साब्रीकै रहेको छ ।
नेपाली गीतमा स्वर दिँदै आएकी स्मिता दाहाल स्व्यम् अभिनित म्यूजिक भिडियोको निर्देशन राजीब एस रुजाले गरेका छन् ।
म्यूजिक भिडियोमा स्मितासँगै चर्चित मोडेल तथा कलाकार अर्जुन बिजलानीले अभिनय गरेका छन् ।
प्रकृतिका मनोरम दृश्यहरुसहित उत्कृष्ट छायांकन गरिएको हिन्दी गीत रिलिज गरेको केही समयमा नै युट्युबमा चर्चित बन्न पुगेको छ ।

याे पनि पढ्नुस  आफ्नै अभिनयमा आजसम्मकै फरक गीत ल्याइन स्मिताले, हेर्नुस भिडियो

कमेन्ट गर्नुहोस्