दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २-१ गाेलले पराजित

काठमाडौं । भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २–१ ले पराजित भएकाे छ । बिहीबार भएको मैत्रीपूर्ण खेलमा १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो ।

भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे । नेपालका तेज तामाङले ८६ औं मिनेटमा पहिलाे गोल फर्काए।

कमेन्ट गर्नुहोस्