बुधबार पनि खस्कियो नेप्से, लगानीकर्ता पर्ख र हेरको रणनीतिमा

काठमाडौं । मंगलबारजस्तै बुधबार पनि शेयर बजार ओरालो लागेको छ ।

आज नेप्स ६०.०२ प्रतिशतले तल झरेको हो । मंगलबार समेत शेयर बजार ४४.१८ अंकले घटेको थियो ।

साताको सुरुआतमा धरमरमा देखिएका लगानीकर्ता सोमबार भने शेयर बजारमा उत्साहित देखिएका थिए । उक्तदिन शेयर बजार १६२ अंकले बढेको थियो ।

शेयर बजारमा कूल कारोबार रकममा समेत गिरावट आएको छ । बुधबार मात्र ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४ सय २७ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ७ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको थियो ।
लगानीकर्तामा अन्यौलता छाएको कारण पर्ख र हेरको रणनीतिमा भएका कारण कारोबार रकम घटेको देखिन्छ ।

आज सबै परिसूचकहरु ओरालो लागेका छन् । सबैभन्दा बढी गुमाउने लगानीकर्ता वित्त, अन्य, विकास बैंक, व्यापार, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा कम्पनीका रहेका छन् ।

कमेन्ट गर्नुहोस्