तेह्रथुम पावर कम्पनी लिमिटेडको आइपिओ बाँडफाँड

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक शेयर बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा सो शेयर बाँडफाँट भएको हो।

कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ल्याएको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर ७४ हजार ४०० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ।

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल २ करोड ७८ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। सोमध्ये २३ लाख ४६ हजार ६२७ आवेदकको आवेदन स्वीकृत भएको छ भने ८ हजार ८२० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

कमेन्ट गर्नुहोस्