दिल्लीमा भारी वर्षा, एयरपोर्टदेखि रेलवेसम्म डुबानमा

नयाँ दिल्ली । दिल्लीमा गएरातीदेखि मेघगर्जनहित जारी वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।

दिल्लीका कैयन सडक जलमग्न बनेका छन् ।

वर्षाको असर दिल्ली विमानस्थलमा समेत परेको छ । विमानस्थल अहिले डुबानको स्थितिमा रहेको आजतकले जनाएको छ । विमानस्थलको आगमन कक्ष पानीले भरिएको छ । यात्रुहरु पानीमा हिंडेर बाहिर निस्किन बाध्य बनेका छन् । दिल्लीका कैयन बस्ती समेत डुबानमा परेका छन् ।

दिल्लीको नोइडा, एनिसीआर क्षेत्रमा वर्षा अझै जारी रहने मौसम विभागले जनाएको छ ।

वर्षाका कारण द्वारका मेट्रो स्टेशनको पर्खाल ढलेको छ । घटनामा कसैको निधन भने भएको छैन ।

कमेन्ट गर्नुहोस्