क्रिष्टल डिष्टिलरीमा राजस्वको छापा, उद्योगमा सिलबन्दी

बुटवल । नक्कली अन्तशुल्क स्टिकर प्रयोग गरेको आशंकामा क्रिष्टल डिष्टिलरीमा राजस्व अनुसन्धान कार्यालयले छापा मारेको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मधवलियास्थित क्रिष्टल डिष्टिलरीले नक्कली स्टिकर प्रयोग गरेको बरामद भएपछि अनुसन्धानका लागि छापा मारिएको हो ।
राजश्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यले नक्कली स्टिकर बरामद घटनाको सम्बन्धमा गहिराइमा अनुसन्धान जारी रहेको र केही दिनमा नक्कली अन्तशुल्क स्टिकर कुन उद्योगमा प्रयोग भइरहेको छ भन्ने खुल्ने बताए ।

रुपन्देहीमा भदौ ५ गते सशस्त्र प्रहरी बल बेलहिया–डण्डाले मदिराका बोतलमा प्रयोग हुने नक्कली अन्तशुल्क स्टिकर बरामद गरेको थियो । उक्त नक्कली स्टिकरसहित २३ वर्षीय सहिद अन्सारी र २४ वर्षीय अमानत अली पक्राउ परेका थिए ।

उक्त स्टिकरबारे अनुसन्धान गर्दै जाँदा आन्तरिक राजस्व कार्यालय भैरहवाले नवलपरासीको दीक्षा स्टोरबाट क्रिस्टल डिष्टिलरीको उत्पादन ‘स्टार सोफी’ ब्राण्डका ५० कार्टुन मदिरा बरामद ग¥यो । बरामद मदिराको नमूनासहित अनुसन्धानका लागि विभागमा पठाइएको छ । सो स्टिकरको अनुसन्धानको क्रममा क्रिष्टल डिस्टिलरीमा छापा मारेर सिल गरिएको हो ।

कमेन्ट गर्नुहोस्