सभामुख र निर्वाचन आयोगविरुद्ध ओलीको रिट निवेदनमा आज सुनुवाई हुँदै

काठमाडौं । नेकपा एमालेको विभाजनलाई मान्यता दिएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।

ओलीले निर्वाचन आयोग, सभामुख लगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

उक्त रिटको पेशी वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासमा तोकिएको छ ।

ओलीले एमालेबाट कारवाही गरिएका १४ सांसदलाई निर्वाचन आयोगले अलग दल दर्ताका लागि सनाखत गराएको र एमालेबाट कारवाही गरी संसद सचिवालयलाई जानकारी गराउँदासमेत सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको जिकिर रिट निवेदनमा गरेका छन् । रिट निवेदनमा ती १४ सांसदमाथि एमालेले गरेको कारवाहीअनुसार उनीहरुलाई पदमुक्त गर्न र उनीहरुको हस्ताक्षरसहित नयाँ दल दर्ता गराउने निर्वाचन आयोगको निर्णय बदर गराउन माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्