१४ सय ८६ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधीमा कोरोना संक्रमणबाट १६ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११ सउ ४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२६० रहेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ३० छ । जसमध्ये २४ हजार ९५८ जना होम आइसोलेसनमा र १६ सय ७२ जना संस्थागत आइसोलेसनमा छन् ।

कमेन्ट गर्नुहोस्