अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले रचे इतिहास

काठमाडौं । अमेरिकासँगको एकदिवसीय खेलमा नेपालले  उत्कृष्ट  जीत हासिल गरेकाे छ ।

गएराती भएकाे खेलमा नेपाल ५ विकेटले विजयी भएकाे हाे ।

नेपालमा जितमा कुशल भुर्तेतल (८४) र रोहितकुमार पौडेल (६२) ले उत्कृष्ट पारी खेले । उनले आईसीसी विश्वकप लिग-२ अन्तर्गत सिरिजमा ओपनिङ ब्याट्सम्यानको भूमिकामा एक म्याचमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको उपलब्धि हासिल गरेका छन् ।

अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।  उनले ९३ बलमा तीन छक्का र तीन चौकासहित ८४ रन बनाए । त्यस्तै, रोहितकुमार पौडेलले पनि अर्धशतकीय पारी खेले । उनले ८७ बलमा दुई चौका र तीन छक्कासहित अविजित ६२ रन बनाए ।

एकदिवसीय क्रिकेटमा रोहितको यो लगातार दोस्रो अर्धशतक हो । उनले पीएनजीसँगको दोस्रो खेलमा पनि अर्धशतक बनाएका थिए ।

त्यस्तै, आज विनोद भण्डारीले ३७, आसिफ शेखले २३, कप्तान ज्ञानेन्द्र मल्लले १७ रन बनाए । कुशल मल्ल भने एक रनमै आउट भए ।

बलिङमा निर्सग पटेल र नोषुतोस केन्जिङ्गेले सर्वाधिक २-२ विकेट लिए । त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनायो ।

उसका लागि मोनाक मटेलले शतक बनाए । पटेलले ११४ बलमा एक छक्का र ९ चौकासहिचत १ सय रन बनाए ।

त्यस्तै, निर्शग पटेलले २१, करीमा गोरे, सुशान्त मोडानीले १६/१६, स्टिभन टेलरले १४, अभिषेक पराडकरले अविजित १३, नोषतोश केन्जिङ्गे, सञ्जय कृष्णमूर्तिले १३/१३ रर जसकरण मल्होत्राले ११ रनको योगदान दिए ।

बलिङमा सन्दीप लामिछाने, विक्रम सोब सुशान भारीले दुई/दुई र कुशल मल्लले एक विकेट लिए । अमेरिकाका दुई ब्याट्सम्यान रनआउटको शिकार भए ।

नेपालले एकदिवसीय क्रिकेटमा लामो समयपछि राम्रो प्रदर्शन गरेको हो । अमेरिकासँगको जितपछि टिम कप्तान ज्ञानेन्द्र मल्लले प्रतिक्रिया दिएका छन् ।

उनले अमेरिकासँगको जितले खेलाडीको मनोबल थप उच्च भएको बताए । ‘अमेरिकासँगको जितपछि खेलाडीको आत्मविश्वास थप बढेको छ । यद्यपि, हाम्रा केही कमजोरी छन् । आगामी म्याचमा सुधार गर्नुपर्छ,’ मल्लले भने ।

उनले कुशल, रोहित र विनोदको ब्याटिङको प्रशंसा गरे । ‘ब्याटिङमा कुशल, रोहित र विनोदको प्रदर्शन राम्रो रह्यो । उनीहरूको फिनिसिङ गज्जब थियो,’ कप्तान मल्लले भने ।

उनले ओमानविरुद्धको खेलमा पीचअनुसार प्लेइङ-११ चयन गरिने बताए । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानसँग आज खेल्दैछ ।

नेपाल र ओमानबीचको खेल पनि नेपाली समयअनुसार आज अपरान्ह ४ः१५ बजेदेखि सुरू हुनेछ ।

 

कमेन्ट गर्नुहोस्