प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । नेकपा एमालेले निरन्तर अवरोध जारी राखेपनि सभामुखले सदनको कार्वाही अगाडि बढाएका हुन ।

संसदमा एमालेले अवरोध गरेपछि सभामुखले सबै दलसँग संवादलाई समेत अघि बढाएका छन् । तर नेकपा एमालेले भने नियतजन्य किसिमले संसद अवरोध गर्न खोजेको देखिएकोछ ।

संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले हिजो डाकेको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो । त्यसैले आज पनि संसदमा एमालेले अवरोध गर्ने संभावना छ ।

आफुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना सभामुखले टाँस गर्नुपर्ने माग एमालेले राख्दै आएको छ ।

एमाले विभाजन गर्न सभामुखले भूमिका खेलेको आरोप एमालेकै सांसदहरूले लगाएका छन् । एमाले विभाजन भई माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) गठन भइसकेको छ ।

यसअघिका बैठकमा अवरोधकै बीच सरकारले विभिन्न विधेयक पेस गरेको थियो । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी विनियोजन विधेयक २०७८ माथि विचार गरियोस भनी प्रस्ताव राख्ने कार्यसूची रहेको छ ।

कमेन्ट गर्नुहोस्