सूर्यप्रकाश लामाको नेतृत्वमा प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन चितवनको १०१ जनाको समिति चयन

चितवन । प्रोग्रेसिभइन्जिनियरिङ बएशोसिएसनचितवनको प्रथम भेलाआजशनिबार सम्पन्नभएको छ । भेलाको उद्घाटन भरतपुर महानगर प्रमुखतथा नेकपाका केन्द्रीय सदस्य रेनु दाहालबाट भएको हो ।
प्रथमभेलाले प्रोग्रेसिभइन्जिनियरिङ एशोसिएसनचितवनको अध्यक्ष सूर्यप्रकाशलामालाई चयन गरेको छ । भेलाले सचिवमा सन्तोष आचार्यलाई चयन गरेको छ । भररतपुर महानगरपालिककाप्रमुखतथानेकपाका केन्द्रिय सदस्य रेनु दाहालको प्रमुखआतिथ्यतामाभएको कार्यक्रममा चयन भएकाकार्यसमितिलाई बधाई ज्ञापन गरिएको थियो । एशोसिएसनका केन्द्रीय संयोजकनन्दलाल बन्जाडेको विशिष्ट आतिथ्यमाभएको भेलाले १०१ सदस्यीयजिल्ला कमिटी पनि चयन गरेको छ।
यो नेकपा (प्रचण्ड माधव समूह) का इन्जिनियरहरुको प्रथमजिल्ला भेला एकतापछि नेपालमै पहिलो पटक भएको हो । बाँकीपधाधिकारी र जिम्मेवारीहरु भने नवनिर्वाचित कमिटीको पहिलो बैठकमार्फत छिटै टुंगाउने बताइएको छ ।
पिननेपालभित्रवाप्रवासमा रहेर इन्जिनियरिङ पेसा व्यवसाय गरिरहेका प्रगतिशील समाजवादलक्षित वैचारिक दृष्टिकोणलाई समर्थन गर्ने नेपालीइन्जिनियरिङ्ग पेशाकर्मीहरु पेशागत संगठन हो । यसको विधानले केन्द्रसँगै प्रदेश समिति, जिल्ला समिति, स्थानीय समिति र इकाइ समिति रहने व्यवस्था गरेको छ ।
साथै यस भेलाले १० सदस्यीय सल्लाहकार कमिटी पनि चयन गरेको छ। सल्लाहकारहरुमा बाबुराम ढकाल, हरि भण्डारी, माघव उप्रेती,राजेश कोइराला, रत्न लामिछाने, वीरेन्द्र चौघरी, विराट घिमिरे, खिमानन्द सुवेदी, मेघनाथ शर्मा र बलिभद्र न्यौपानेलाई पनि चयन गरेको छ ।

कमेन्ट गर्नुहोस्