कोरोना संक्रमितको संख्यामा बृद्धि, पछिल्लो २४ घण्टामा १५६२ जनामा संक्रमण

काठमाडौं । नेपालमा कोरोना संक्रमणको संख्यामा बृद्धि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार, पछिल्लो २४ घण्टामा १५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा १५८९ जना निको समेत भएका भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ

१० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सबैभन्दा धेरै काठमाडौंमा २९४, झापामा १२७, मोरङमा १११, कास्कीमा ७६, सुनसरीमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा ६२, रुपन्देहीमा ५४, भक्तपुरमा ४८, चितवनमा २८, काभ्रेपलाञ्चोकमा २६ तथा जुम्ला र कैलालीमा २०/२० जनामा कोरोना संक्रमण देखिएको छ ।

नवलपरासी पुर्वमा १५, मकवानपुर र दाङमा १४/१४ जना, नुवाकोटमा १३‍ , गोरखामा १२, बर्दियामा ११ र सुर्खेतमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कमेन्ट गर्नुहोस्