समीर जोशीको नेतृत्वमा अखिल क्रान्तिकारी कैलालीको ६१ सदस्यीय कार्यसमिति चयन

धनगढी । अखिल क्रान्तिकारीको कैलाली जिल्ला सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टको विशेष उपस्थितिमा सम्पन्न जिल्ला सम्मेलनले समीर जोशीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

नव निर्वाचित कार्यसमिति ६१ सदस्यीय रहेको छ ।

कार्यक्रम समितिको पदाधिकारीमा ४ जना उपाध्यक्ष, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना रहेका छन् ।

याे पनि पढ्नुस  त्रिविमा माफिया नियुक्त भए बहिस्कार गर्छौ – अखिल (क्रान्तिकारी)

को को छन् त पदाधिकारी ?

अध्यक्ष- समीर जोशी
उपाध्यक्ष- भरत जोशी
उपाध्यक्ष- महेश थापा
उपाध्यक्ष- संकर डगौरा
उपाध्यक्ष- आयुस परियार
सचिव- राजु पुन मगर
सहसचिव-बाधु चौधरी
सहसचिव- सन्तोष राना
सहसचिव- प्रतिभा रावत
सहसचिव- मेहमद अलि
कोषाध्यक्ष- राधिका चौधरी

कमेन्ट गर्नुहोस्