नेपालले ओमानलाई दियाे १९७ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानलाई १९७ रनको लक्ष्य दिएको छ ।

मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.४ ओभरमा सबै विकेट गुमाएकाे हो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रन बनाए । उनले ११२ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । खेलमा शतक बनाउन चुकेपनि आसिफ शेख एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च रन बनाउने ओपनिङ ब्याट्सम्यानको बनेका छन् ।

याे पनि पढ्नुस  ओमानविरुद्ध नेपालको खराब सुरुवात, पहिलो ओभरमै विकेट पतन

कप्तान ज्ञानेन्द्र मल्ल र करण केसीले समान २१, रोहित पौडेलले २० र सन्दीप लामिछानेले १६ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सोमबार अमेरिकाविरुद्ध नेपालको जितमा सर्वाधिक रन बनाएका ओपनर कुशल भुर्तेल ओमान विरुद्ध खाता नखोली आउट भए । भुर्तेललाई ओमनका बिलाल खानले पहिलो ओभरको दोस्रो बलमै विकेटकिपर सुरज कुमारबाट क्याचआउट गराए ।

याे पनि पढ्नुस  नेपाललाई निराश बनाउन सक्ने ओमानका ४ खेलाडी

२१ रन बनाएर कप्तान ज्ञानेन्द्र १२ औं ओभरमा आउट भए । पछि नेपालले एक छेउबाट विकेट गुमाउने क्रम जारी रह्यो । त्यसअघि आएका रोहितकुमार पौडेल २० रन बनाएर आउट भए । आसिफ र रोहितले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरे । विनोद भण्डारी ६, सोमपाल कामी ७, कुशल मल्ल ४ र विक्रम सोब २ रनमा आउट भए ।

याे पनि पढ्नुस  ओमानलाई लगातार झड्का, करनलाई दोस्रो सफलता (LIVE)

१५६ रन जोड्दा ८ विकेट गुमाएपछि सन्दीप लामिछाने र करण केसीले नेपालको इनिङ्सलाई सम्हाल्ने प्रयास गरे । तर ४० औं ओभरको अन्तिम बलमा ओमानका सन्दीप गौडले नेपालका सन्दीप लामिछानेलाई रनआउट गरे । उनले १० बल खेल्दै १ छक्का र १ चौका मद्दतमा १६ रन जोडे ।

कमेन्ट गर्नुहोस्