माओवादी केन्द्रको विधान पारित, निर्वाचन आयोग गठन, एकताबाट आएकाहरुकाे जिम्मेवारी टुंगियो

काठमाडौं । बिभिन्न संगठनात्मक निर्णयसहित माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीको विधान पारित गरेको छ ।

यसअघि बसेको केन्द्रीय समितिको बैठकमा प्रस्तुत सुझावका आधारमा विधानलाई अन्तिम रुप दिइएको हो ।

आज पारित भएको विधान पुनः केन्द्रीय समितिमा लगेर या सम्मेलनमार्फत अनुमोदन गर्ने विषयमा थप निर्णय हुनसक्ने देखिन्छ ।

माओवादी स्थायी समिति बैठकले निर्वाचन आयोगसँग सम्बन्धित अन्य प्रक्रियागत निर्णय समेत गरेको छ । यसका लागि पार्टीले विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय आयोग गठन गरेको छ ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले दिएको जानकारी अनुसार, आयोगले पार्टीको स्थानीयदेखि केन्द्रसम्म निर्वाचन गराउन नियमावली र निर्देशिका बनाउने छ ।

यसैगरी एकता प्रक्रियामा बिभिन्न दलबाट माओवादी प्रवेश गरेकाहरुको जिम्मेवारी समेत बैठकले टुंगो लगाएको छ । यसअघि सो जिम्मेवारी पुरा गर्न तीन सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलले सोमबार नै अध्यक्ष प्रचण्डलाई प्रतिवेदन पेश गरेको भएपनि भाषिक शुद्ता र सामान्य परिमार्जन गरि केन्द्रीय समिति या सम्मेलनमार्फत अनुमोदन गरिने निर्णय बैठकले गरेको छ ।

बैठकले सदनलाई सुचारु बनाउने सबैसँग संवादलाई तीब्रता दिने र मन्त्रीपरिषद बिस्तार चाँडो गर्न सहयोग गर्ने निर्णय समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्