बिराट कोहलीद्वारा टी २० को कप्तानी छोडने घोषणा (पत्रसहित)

नयाँ दिल्ली । बिराट कोहलीले टी २० क्रिकेटको कप्तान नबन्ने घोषणा गरेका छन

यसअघि बेलायतसँगको खेलपछि नै उनलाई हटाउने चर्चा शुरु भएको थियो । यद्यपी कोहलीले भने यो चर्चा गलत भएको बताउँदै आएका थिए ।

बिहिबार कोहलीले एक पत्र लेख्दै अक्टुबर १ देखि नहुने टी २० विश्वकपपछि यो फर्मेटको नेतृत्व नगर्ने बताएका हुन । अब टी२० फर्मेटको कप्तान रोहित शर्मालाई बनाइने सम्भावना छ ।

सामाजिक सञ्जालमा एक पत्र लेख्दै कोहलीले आफ्नो कार्यकालमा भारतीय क्रिकेटलाई उचाईमा पुर्याउन सक्दो कोशीस गरेको बताएका छन् । विगत ८, ९ वर्ष यता तीनवटै फर्मेटको नेतृत्व गर्दा आफ्ना लागि समय निकाल्न नसकेकोले यो निर्णयमा पुगेको उनले बताएका छन् । उनले सहयोग गरेकोमा सबैलाई धन्यवाद समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्