आइपिएलका बाँकी खेल आजबाट शुरु हुँदै, आजको प्रतिष्पर्धा चेन्नई र मुम्बईबीच हुने

काठमाडौं । गत मे महिनामा स्थगित गरिएका इन्डियन प्रिमियर लिग ९आईपीएल० टी(२० क्रिकेटको १४औं संस्करण अन्तर्गत बाँकी खेलहरु आजदेखि युएइमा सुरु हुँदैछ ।

यसअघि २९ खेल भइसकेका छन् । केही खेलाडीलाई कोरोना लागेपछि खेल स्थगित गरिएका थिए ।

दुबईस्थित दुबई इन्टरनेशन क्रिकेट स्टेडियममा आज दुई पूर्व विजेता चेन्नाई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७स्४५ बजे सुरु हुनेछ ।

यसअघि पहिलो लेगको खेलमा मुम्बईले चेन्नाईलाई ४ विकेटले हराएको थियो ।

चेन्नई ७ खेलबाट १० अंक जोडेर लिगको दोस्रो स्थानमा छ । मुम्बई ७ खेलमा ८ अंकसहित चौथो स्थानमा छ ।

दिल्ली क्यापिटल्स ८ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ ।

आइपीएलको फाइनल खेल अक्टोबर १५ मा हुनेछ ।

कमेन्ट गर्नुहोस्