एमालेले कार्वाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको सम्बन्धमा दिएको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ, नेकपा एमालेका १४ जना संघीय र २ जना प्रदेश सांसदलाई पदमुक्त गर्न माग गर्दै दिएको मुद्दाको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले उक्त विवादमा अन्तरिम आदेश दिने वा नदिने विषयमा सुनुवाई गरेको थियो । सोमबारको सुनुवाई नसकिएपछि अर्को दिनलाई मुद्दा हेर्दा हेर्दैमा राखिएको छ । एमाले अध्यक्ष ओलीले सर्वोच्च अदालतलमा तीनवटा मुद्दा दिएका छन् ।

तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट वैशाख २७ मा विश्वासको मत लिने क्रममा अनुपस्थित भएर ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको १४ सांसदलाई पदमुक्त गर्न माग गरेका छन् । वैशाख २७ गतेको विश्वासको मत लिने क्रममा २८ जना एमाले सांसद अनुपस्थित रहेका थिए । त्यसमध्ये साउन २५ गते १४ सांसदलाई कारबाही गरेको एमालेले जनाएको छ । सो निर्णय कार्यान्वयन गराउन एमालेले भदौ १ गते सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी गराएको थियो । तर सभामुख सापकोटाले आवश्यक निर्णय नगरेको भन्दै ओली सर्वोच्च अदालत पुगेका हुन् ।

त्यस विषयमा आवश्यक कारबाही नगरेको भन्दै एमाले सांसदहरुले संसद् बैठक निरन्तर रुपमा अवरुद्ध पार्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्