एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय समितिको बैठक आजदेखि शुरु हुने भएको छ । छोटो समयमा नै संगठन बिस्तारमा उल्लेख प्रगति गर्न सफल एकीकृत समाजवादीको पहिलो बैठकले पार्टीको समग्र पक्षबारे छलफल गर्ने एक शीर्ष नेताले बताए ।

भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र देशभर सङ्गठन विस्तारबारे छलफल हुने भएको छ । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, आयोग गठन, विस्तार तथा सुदृढीकरणको विषयमा छलफल हुने बताइएको छ ।

बैठकले केही नेताको विभाग हेरफेर गर्ने र केही नेतालाई नयाँ जिम्मेवारी तोक्ने जनाइएको छ । बैठकमा ११३ जना केन्द्रीय सदस्य सहभागी हुने छन् ।

कमेन्ट गर्नुहोस्