प्रचण्ड निवासमा अखिल क्रान्तिकारी कार्यालय टीमको बैठक, सम्मेलनको मिति सर्याे

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको सम्मेलन सर्ने भएको छ ।

आज अध्यक्ष प्रचण्ड निवासमा बसेको अखिल क्रान्तिकारी केन्द्रीय कार्यालय टीमको बैठकले तयारी अपुग भएकोले राष्ट्रिय सम्मेलनको मिति परिवर्तन गरेको हो ।

आज भएको छलपल अनुसार, यसअघि असौज ८ देखि १० गतेसम्म आयोजना गरिएको सम्मेलन असौज १४ गतेदेखि १६ गतेसम्म हुने भएको छ ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा चर्चा गर्दै नयाँ ढंगको पार्टी निर्माणका लागि विद्यार्थी संगठनको भूमिका महत्वपूर्ण हुने बताएका थिए । छलफलमा सम्मेलनको प्राविधिक तथा संगठनात्मक पक्षका बारेमा समेत चर्चा भएको एक सहभागीले जनाए ।

कमेन्ट गर्नुहोस्