समाजवादीकाे महासचिवमा बेदुराम भुसाल, ३०१ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं, नेकपा एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल चयन भएका छन् ।

नेकपा एकीकृत समाजवादीको आज बसेको स्थायी कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्यामा निर्णय गरेको हो ।

केन्द्रीय समितिको संख्या भने ३०१ रहनेछ । केन्द्रीय कमिटीको बैठकमा स्थायी कमिटीको निर्णय अनुमोदनका लागि प्रस्तुत गरिने छ । सहमति भए अनुसार, नेकपा एसको पदाधिकारीमा अध्यक्ष, वरिष्ठ नेतासहित उपाध्यक्ष र सचिव ७, ७ जना हुनेछन् । त्यस्तै उपमहासचिव ३ जना रहने समझदारी भएको छ । सात सचिवमध्ये रामकुमारी झांक्री पनि सचिव हुने भएकी छिन् ।

महासचिवमा राजेन्द्र पाण्डे, विजय पौडेल, प्रकाश ज्वाला लगायतका नेताहरूले दाबी गरेका थिए । त्यसमध्ये पाण्डे र भुसालबीच पछिल्लो समयमा बढ्ता रस्साकस्सी चलेको थियो । पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री पार्टीको संगठन सञ्चालनमा कम्युनिस्ट पार्टीमा महासचिवको भूमिका महत्त्वपूर्ण मानिन्छ ।

भुसाल एमालेभित्र सधै माधव नेपाल निकट भएर काम गरेका नेता हुन् । पार्टी भित्रको अन्तरसंघर्षमा नेपाललाई साथ दिँदै आएका भुसाल पछिल्लो विवादमा झन् बढी नेपाल निकट बनेका थिए । राष्ट्रिय सभा सदस्यसमेत रहेका भुसालले जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रममाथि त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् ।

कमेन्ट गर्नुहोस्