कांग्रेसमा गुटहरुको घेरा तोड्दै अर्घाखाँचीबाट टण्डनको उम्मेदवारी

काठमाडौं । संस्थापन र इतर पक्षको गुटबन्दीले प्रभावित बनेको कांग्रेसमा नयाँ विचार र दृष्टिकोणसहित अर्घाखाँची कांग्रेसमा अशोक टण्डनले उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत अर्घाखाँची जिल्लाबाट अशोक टन्डनले केन्द्रीय महाधिवेशन प्रतिनिधिको खुल्लातर्फ उम्मेदवारी घोषणा गरेका हुन ।

सामाजिक क्षेत्रमा सक्रिय टण्डनको उम्मेदवारीलाई अर्घाखाँची कांग्रेसमा नयाँ पुस्तको नेतृत्वका रुपमा समेत हेरिएको छ ।

समाजलाई सहीरुपमा परिवर्तन गर्न राजनीतिको प्रदुषण अन्त्य गर्नुपर्छ भन्ने सोच राखेर स्थायी जागिर छोडेर टण्डन पार्टीमा सक्रिय हुँदै आएका थिए । नयाँ पुस्तामा राजनीतिप्रतिको आकर्षण घटदै जाने र पुराना पुस्ताले नयाँ परिवर्तनको धारलाई समात्न नसक्ने भन्दै उनले आफ्नो उम्मेदवारी दिएका हुन । ्

कांग्रेसमा सिद्धान्त, दृष्टिकोण रित्तिँदै गएको र जनतासँग जोडिएका मुद्दाबाट नेता र कार्यकर्ता टाढा हुँदै गएको बताउँदै टण्डनले प्रतिबद्ध र विचारसहितको युवा नेतृत्वले पार्टी हाँक्नुपर्ने बताएका छन् ।

अर्घाखाँचीको पश्चिम क्षेत्रबाट क्रियाशील सदस्यता पाएका टण्डनले कमजोर पार्टी संगठन भएको क्षेत्रबाट उम्मेदवारी दिएका हुन । यसबाट पार्टीमा आत्मबल बढेको उनको बुझाई छ । ’

२०४८ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेका टण्डनले नेविसंघ र पार्टीका विभिन्न शुभेच्छुक संगठनको नेतृत्वमा रहेर काम गरेका छन् । उनको उम्मेदवारीले बास्तवमा हंसपुर, गोखुङ्गा, धारापानी, बाँगीलगायतका क्षेत्रमा पार्टीका निम्ति उत्साह जगाएको युवाहरु बताउँछन् ।

नेपाली कांग्रेसमा सभापति देउवा र रामचन्द्र पौडेलका गुट र उपगुटहरुबो वर्चश्व कायम रहेको बेला गुटहरु भत्काउँदै विचारमा आधारित पार्टी निर्माण आफ्नो उद्देश्य भएको अशोकले बताए । कांग्रेस के का लागि र देशलाई समृद्ध बनाउन कांग्रैसको दीर्घकालिन र अल्पकालिन रणनीति तथा कार्यक्रम के हुने ? भन्ने विषयमा बहस नै गर्न नरुचाउने कांग्रेसभित्र टण्डनले भने नयाँ ढंगको कांग्रेसको नारा अघि सारेका छन् ।

“यहाँ त गरिब किसानका मुद्दा उठाउने ठेक्का कम्युनिष्टहरुको जस्तो भयो जबकि अहिले संविधानले अघि सारेको समाजावादोन्मुख राज्यको अवधारणा त विपी कोइरालाको प्रजातान्त्रिक समाजवादकै नयाँ रुप हो ।” उनी भन्छन, “तर हामीले जनताका मुद्दा नउठाएको कारण संगठनमा गुट र व्यक्तिगत स्वार्थ मौलाउँदै गयो ।”

कमेन्ट गर्नुहोस्