ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन्- अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललेकेपी शर्मा ओलीमा राजनीतिक संस्कार नभएको बताएका छन् । पछिल्ला दिनहरुमा अाेली गालीगलाैजमा उत्रिएकाे भन्दै नेपालले एमालेकाे जस्ताे तल्लाेसेतरमा नउत्रिन कार्यकर्तालाई निर्देशन दिए ।  हेटौँडामा शनिबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘हामी फूलको आँखाले संसार हेर्छौं, केपी ओली काँडाको आँखाले संसार हेर्छन् ।’

एमाले आगामी चुनावमा कमजोर बन्ने माधव नेपालको भनाइ थियो । ‘एमाले आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने अवस्थामा गइरहेको हेर्दै जानुस् । केपी ओली अहंकारको घोडाबाट खसेपछि गालीगलौचमा लागेका छन् । उनीहरूको काम नै गाली गर्ने, त्यसैमा रमाउँछन् । हामी त्यस्तो गर्ने छैनौं । सद्‍बुद्धि आओस्, मति सुध्रियोस् । हामी गलत बाटोमा जान चाहन्नौँ । नत्र त उहाँहरू र हामीमा के फरक ?,’ उनले भने ।

एकीकृत समाजवादीले युवा र महिलाहरूलाई नेतृत्वमा ल्याउने नेपालको भनाइ थियो । उनले नेतृत्व लिनका लागि युवा र महिलाहरूलाई आह्वान गरेका थिए ।ओलीले जेठ ८ गते दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि उनलाई विदा गर्नुपर्छ भन्ने योजनामा आफूहरू लागेको नेपालको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्