आइतबार सेयर बजारमा ६१ अंकको पहिरो

साताको पहिलो दिन आइतबार सेयर बजारमा ६१ अंकको पहिरो गएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज परिसूचक ६१.२७ अङ्कले घटेर २७ सय ५८.४८ विन्दुमा झरेको हो । गत हप्ताको बिहीबार नेप्से परिसूचक २ अङ्कले बढेर २८ सय १९ विन्दुमा अड्किएको थियो । यस दिन जम्मा ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भयो।

आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम १०.७० अङ्कले घटेर ५१९.३६ विन्दुमा झरेको छ । यस दिन सबैजसो समूहहरू ऋणात्मक हुँदा एउटै मात्र म्युचुअल फण्ड ग्रीन जोनमा परेको छ । आज म्युचुअल फण्ड समूहको उप–सूचक ०.२१ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा बढी फाइनान्स समूहले ५.८९ प्रतिशतले गुमाएको छ । बैंकिङ १८, ब्यापार ९८, होटल तथा पर्यटन ८८, विकास बैंक १३०, जलविद्युत १३५, फाइनान्स १५६, निर्जीवन बीमा ३५६, उत्पादन ११६, अन्य ४४, माइक्रोफाइनान्स १२०, जीवन बीमा ३७१ र लगानी समूह ३ अंकले घटे।

यस दिन ८ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो। १७६ कम्पनीको मूल्य घटेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।

मैलुङखोला जलविद्युतको मूल्य ६ प्रतिशतले बढेको छ। कामना सेवा विकास बैंक, युनिलिभर, मेगा बैंक, बैंक अफ काठमाण्डु, एभरेष्ट बैंक (साधारण र कन्भर्टिवल सेयर) आशा लघुवित्तको मूल्य सामान्य बढेको छ।

आइसिएफसी फाइनान्सको मूल्य सबैभन्दा धेरै ८.९ प्रतिशतले घटेको छ। घलेम्दी हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स, बेस्ट फाइनान्सको मूल्य ७.६ प्रतिशत बढीले घट्यो।

कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ३३ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भयो।

बैंकहरुमा लगानीयोग्य रकमको अभावपछि असोजदेखि बढेको ब्याजदर तथा सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट पाउने कुल ऋणको सीमा १२ करोड तोकिएपछि बजार प्रभावित भइरहेको छ।

ncell in

कमेन्ट गर्नुहोस्