पहिरोमा परिवारका ५ सदस्य गुमाएका माधवलाई कतार बाट सहकर्मीको आर्थिक सहयोग

 

दोहा। पहिरोले घर पुर्दा परिवारका ५ सदस्य गुमाएका पर्वत दुर्लुङ्गका राम प्रसाद शर्मा (माधव) लाई कतारमा संगै काम गर्ने साथीहरूले २ लाख बढी नगद सहयोग प्रदान गरेका छन।

भदौ १७ गते परेको मुसलधारे पानीको कारण गएको पहिरोमा परि आमा, श्रीमति २ छोरी र १ छोरा गुमाउनु भएका शर्मालाई कतारको सतर अब्बास होटलमा संगै काम गर्ने साथीहरूले संकलन गरेको २ लाख २७ हजार आइतबार सहकर्मी चिरञ्जीवी पौडेल र पर्वत समाज कतारका आर्थिक बिभाग संयोजक भिमकान्त शर्माले हस्तान्तरण गर्नुभएको छ ।

१५ बर्ष देखी संगै काम गर्ने सहकर्मी साथीको पिडामा थोरै भए पनि सहयोग पुगोस भनी आफुहरुले आर्थिक संकलन गरेको कतारबाट सहकर्मी कृष्ण श्रेष्ठले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्