माओवादी स्थायी समिति बैठक सम्पन्न, भोली पनि बस्ने, अध्यक्ष प्रचण्डद्वारा अध्यादेश फिर्ता हुने जानकारी

काठमाडौं । समसामयिक राजनीतिक र संगठनात्मक विषयमा छलफल गर्दै माअ‍ोवादी स्थायी समिति बैठक सम्पन्न भएको छ ।

आज सम्पन्न बैठकमा अध्यक्ष प्रचण्डले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताएका छन्।

पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डले कानुनी जटिलता हल गर्दै तत्काल मन्त्रीपरिषदलाई पूर्णता दिने विषयमा गठबन्धन दलहरुबीच सहमति भएको बताएका थिए ।

सरकारले यसका लागि आज नै संसदको अधिवेशन अन्त्य गर्न सक्ने सम्भावना रहेको छ ।
अध्यादेश फिर्ता भएसँगै जनता समाजवादी पार्टी सरकारमा जाने बाटो खुल्नेछ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका लागि भने सर्वोच्चको निर्णयले वातावरण सहज बनाएको छ ।

माओवादी केन्द्रले मंगलबार पनि स्थायी कमिटी बैठक बोलाएको छ। मंगलबारको बैठकमा संगठनमा बाँकी रहेका जिम्मेवारी टुंगो लाग्ने बताइन्छ ।

कमेन्ट गर्नुहोस्