जर्मनीमा वामपन्थी धारकाे सामाजिक जनवादी पार्टी झिनो मतान्तरले विजयी

जर्मनी । जर्मनीमा सम्पन्न आम निर्वाचनमा वामपन्थी धारको सामाजिक जनवादी पार्टीले विजय हासिल गरेको छ । योसँगै उक्त पार्टीले सरकार निर्माणका लागि अन्य दलहरुसँग वार्ता आरम्भ गरेको बिबिसीले जनाएको छ ।

जर्मनीका २९९ वटा निर्वाचन जिल्लाहरुबाट सामाजिक जनवादी पार्टीले २५.७ प्रतिशत मत प्राप्त गरेको छ । प्रतिद्वन्दी एन्जेवला मर्केलको पार्टी क्रिष्टियन डेमोक्र्याटिक यूनियनले भने २४.१ प्रतिशत मत हासिल गरेको छ ।

निकै साँघुरो मतान्तर देखिएपनि एसडिपीका नेता ओलाफ स्कल्जले भने जनताले आफूहरुलाई सत्ता चलाउन विश्वास गरिसकेको प्रतिक्रिया दिएका छन् ।

जर्मनीका जनताले लोकतान्त्रिक समाजवादीलाई सरकारको जिम्मेवारी सुम्पिने अवस्थामा यसले यूरोपमा ठूलो असर पर्ने बताइन्छ । सामाजिक न्यायका लागि लड्दै आएको लोकतान्त्रिक समाजवादी पार्टी १८६३ मा स्थापना भएको थियो ।

संसारमा माक्र्सवादको प्रचार प्रसार शुरु हुने समयमा नै यो पार्टी विश्वकै पहिलो कम्युनिष्ट पार्टीका रुपमा उदाएको थियो । वीसौं शताब्दीसम्म यो यूरोपकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी मानिन्थ्यो । पहिलो विश्वयुद्धमा भने युद्धको समर्थक र विरोधी खेमाबीच संघर्ष भएपछि यो विभाजन भएको थियो ।
पश्चिम जर्मनीको समाजवादी पार्टीसँग एकीकरणसँगै यसले नरमपन्थी विचार अँगाल्न पुगेको थियो । हाल यसले आफूलाई मध्यमार्गी वामपन्थी पार्टीका रुपमा अगाडि सारेको छ । महिला अधिकार, उर्जामा सबैको समान अधिकारजस्ता लोकप्रिय नारा यसले अघि सारेको छ ।

कमेन्ट गर्नुहोस्