प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

काठमाडौँ — प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक –२०७८’ प्रमाणीकरण गरी पठाएको पत्र सदनलाई पढेर सुनाएका थिए ।

संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ७ गते प्रमाणीकरण गरेकी थिइन् ।

त्यस्तै प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आर्थिक विधेयक-२०७८ र राष्ट्र ऋण उठाउने विधेयक-२०७८ का बारेमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश पढेर सुनाएका थिए । सोमबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजीसहित सदनमा अवरोध गरेको थियो ।

कमेन्ट गर्नुहोस्