प्रदर्शनमा उत्रेका किसानमाथि मन्त्रीका छाेराले गाडी चलाउँदा ८ जनाकाे मृत्यु

नेपाल-भारत सीमाना नजिकको भारतीय बजार तिकुनिया क्षेत्रमा किसानको आन्दोलनमा झडप हुदा ८ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार चार जना किसान र चार जना अन्यको मृत्यु भएको हो। अहिले पनि उत्तर प्रदेशस्थित लखिमपुर खिरीमा रहेको तिकुनिया क्षेत्र तनावग्रस्त छ। भारतका केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्र एउटा कार्यकर्ममा आउने खबर पाएपछि शुरुमा किसानहरुले हेलिप्याड क्षेत्रमा कब्जा गरेका थिए । त्यसपछि मिश्र सडककाे बाटाे हुँदै निस्केपछि तिकिनियामा किसानहरुले कालाे झण्डा देखाउन शुरु गरेका थिए । किसानहरुले बिराेध गरेकाे देखेपछि मिश्रका छाेराले प्रदरेशमा उत्रेका किसानमाथि गाडि चढाएका थिए । किसानहरुले दुइवटा गाडी जलाएका छन् ।
भारत सरकारले धानको मूल्य सही निर्धारण नगरेकाले किसानहरु आन्दोलनमा थिए। लखिमपुर खिरि मिश्रकाे जन्मथलाे समेत हाे । केही समयअघि किसानहरुले उनीलाई कादाे झणडा देखाएपछि बदला लिने धम्की मिश्रले दिएका थिए ।

कमेन्ट गर्नुहोस्