हास्य कलाकार गजुरेलले गरे पोखरेलसँग दोश्रो बिहे

काठमाडौँ, हास्य कलाकार मनोज गजुरेलले दोश्रो बिहे गरेका छन् ।

मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिएका हुन । उनले आफ्नो फेसबुक पेजमार्फत असोज २५ गते सोमबार डोलेश्वर मन्दिरमा विवाह गरेको बताएका छन् ।

मनोज गजुरेलको ४ वर्षअघि डिभोर्स भएको थियो । उनले आफूले केही वर्पदेखि बच्चाहरुको एक्लै हेरचाह गरिरहेको र जीवनयात्रामा आफूलाई पनि सहयात्रीको आवश्यकता महसुस गरी विवाह गर्ने निर्णय लिएको बतएका छन् । गजुरेलका अनुसार मन्जु कानुन सेवाकी अधिकृत हुन् ।

ुएकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने वाचा गर्‍यौं । अगाडि आईपर्ने सुखरदुस्खलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्‍यो,ु उनले लेखेका छन् ।

उनले निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्न पनि अनुरोध गरेका छन् ।

गजुरेलले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेर विवहा गरेपश्चात सपरिवार मानवसेवा आश्रम ९कौशलटार०मा रहेका बुवाआमालाई खाना खुवाएको समेत बताएका छन् ।

कमेन्ट गर्नुहोस्