वालिङ जीप दुर्घटनामा मृतककाे संख्या ३ पुग्यो (अपडेट)

आइतबार साँझ जीप दुर्घटनामा घाईते भएकी ४ वर्षीया करिष्मा थापाको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। यो सँगै दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ३ पुगेको छ।

वालिङमा भएको जीप दुर्घटनामा २ जनाको आइतबार नै उपचारका क्रममा मृत्यु भएको थियो। दुर्घटनामा परी गल्याङ १० का ३२ वर्षीय गंगा पल्ली र ७७ बर्षका दल बहादुर पल्लीको मृत्यु भएको थियो।

दुर्घटनाका घाईते मध्ये ३ जना डिस्चार्ज भएका छन्। अन्य १३ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरको जीप वालिङ १० मदिखोलामा दुर्घटना भएको थियो। ग्रामिण सडक, धेरै यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। जीप ग्रामिण सडकबाट ५० मिटर तल खसेकोे थियो।

कमेन्ट गर्नुहोस्