ट्रयाक्टर दुर्घटनामा बैतडी एमाले अध्यक्ष पालका छोराको मृत्यु

बैतडी — बैतडीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । एक घाइते छन् । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका- ३ पंसेरा निवासी २३ वर्षका योगेश पाल छन् । मृतक योगेश नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा हुन्।

आफैले चलाएको ट्याक्टर दुर्घटनामा पर्दा गम्भीर घाईते भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले जानकारी दिए।

गोकुलेश्वरबाट सद्बाजतर्फ आइरहेको ट्र्याक्टर मंगलबार राति करिब १२ बजे दोगडाकेदार गाउँपालिका-३ तारनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते पालको उपचारका क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको हो ।
ट्याक्टरमा रहेको सोही स्थानका २० वर्षीय रुपेश कोली घाइते भएको जिल्ला प्रहरी प्रवक्ता दर्शन खड्काले बताए ।

कमेन्ट गर्नुहोस्