आमालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

आमामाथि बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। यो घटना भारतको बरेलीको हो। अक्टोबर १० को राति ती महिला आफ्नो कोठामा सुतिरहेकी थिइन्। राति ११ बजे घर आएका छोराले भोक लाग्यो भन्दै खाना मागे। महिलाको कोठाको ढोका खोल्ने बित्तिकै उनका छोराले हात बाँधेर, मुखमा कपडा राख्दै बलात्कार गरेको आरोप छ।

अर्को दिन ती महिलाले दिल्लीमा मजदुरीको काम गर्ने दुई छोराहरुलाई घटनाबारे जानकारी गराइन्। सोमबार घर पुगेका दुबै छोराले अभियुक्त भाइलाई प्रहरीको जिम्मा लगाएका छन्। दुई दिनअघि ती युवकले आफ्नी बहिनीसंग पनि अश्लील काम गरेको आरोप छ।

कमेन्ट गर्नुहोस्