दाङ देउखुरी सेवा समाज कतारद्वारा बिरामी कुरुवा घर निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण

दाङ – कतारमा स्थापित दंङालीहरुको साझा संस्था दाङ देउखुरी सेवा समाज कतारद्वारा बिरामी कुरुवा घर निर्माणका लागि नगद रु १ लाख १४ हजार ८ सय ९७ आर्थिक सहयोग गरेको छ।

उपचारको लागि काठमाडौ आएर बिरामी कुरुवाको लागि बस्नलाई पर्ने कठिनाईलाई मध्यनजर गर्दै घर निर्माण गर्न लागिएको हो।उक्त घर निर्माणका लागि संस्थाका द्वितीय उपाध्यक्ष राजन चापागाई,चर्चित हास्यब्यङ्य टिकटकमा अत्यन्तै भाईरल कलाकार योगेश श्रेष्ठको पहलमा उक्त रकम जम्मा गरिएको रकम हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष छबिलाल बुढाथोकीले बताए।

पछिल्लो समयका चर्चित कलाकार तथा सामाजिक ब्यक्तित्व पहल शाहले बिरामी कुरुवा घर निर्माणका लागि दाङ देउखुरी सेवा समाज कतारद्वारा गरिएको आर्थिक सहयोग हस्तान्तरण गर्दै सह्योगी संस्था लगायत सबैलाई धन्यबाद ब्यक्त गरेका छ्न।

कमेन्ट गर्नुहोस्