महासचिव वैद्यको स्वास्थ्य अवस्थामा क्रमिक सुधार, बिस्तृत जाँचपछि थप उपचारको निर्णय हुने

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको छ ।

श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित भएपछि उनलाई असौज ३१ गते नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

चिकित्सहरुले शुरुमा इन्टेन्सिभ केयर युनिटमा राखेर उनको उपचारसँगै स्वास्थ्य अवस्थाको जाँच गरेका थिए । २४ घण्टा अब्जर्भेसनमा राखेपछि मुटु र अन्य जाँच हुने अस्पतालले जनाएको छ ।

परिवारले दिएको जानकारी अनुसार, वैद्यको छातीमा समस्या देखिएको छ । हिजो मुटुको इसिजि गर्दा नर्मल देखिएपनि फोक्सो र मुटुको थप जाँच गर्ने बताइएको छ ।बिस्तृत जाँचपछि वहाँको स्वास्थ्य अवस्थाबारे निक्र्यौलका साथ भन्न सकिने देखिएको छ ।

अस्पताल श्रोतका अनुसार, वहाँको नियमित जाँच गर्ने चिकित्सक विदामा गएको हुँदा कार्तिक ७ गतेपछि जटिल जाँचहरु फेरी गरिने छ ।

वहाँको अन्य स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । भेटघाट गर्न आउनेहरुसँग कुराकानी गरिरहेका छन् । वहाँको ब्लड प्रेसर भने न्यून देखाएपछि ज्वरो या अन्य लक्षण भने नदेखिएको परिवार श्रोतले जनाएको छ ।

वहाँको जाँचका केही रिपोर्ट आएपछि डिस्चार्ज गर्ने या अस्पतालमा बस्ने भन्ने कुरा थाहा हुने परिवार श्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्