यस्ता छन् माओवादी केन्द्रका निर्णयः २५ सदस्यीय केन्द्रीय आयोग, विशेष प्रदेश समितिमा १७५, थपियो सदस्यता म्याद

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बसेको बैठकले संगठनसम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ । यसअघि असाेज मसान्तसम्म म्याद रहेकाे सदस्यता नवीकरण अब कात्तिक २५ गतेसम्म थप गरिएको छ ।

यसैंगरी राष्ट्रिय सम्मेलनको कार्यतालिकामा समेत संशोधन भएकाे छ । जस अनुसार टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको छ ।
माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति गठन पनि गरेको छ ।

माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ ।

यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग २५–२५ सदस्यीय गठन गरेको छ । निर्वाचन आयोग विष्णु पुकार श्रेष्ठको अध्यक्षतामा, लेखा आयोग पेशल कुमार पोखरेलको अध्यक्षतामा र अनुशासन आयोग टंक राईको अध्यक्षतामा बनाइएको छ ।

भूगोलभन्दा बाहिर काम गर्नेहरुको विशेष समिति १७५ सदस्यीय गठन गरिएको प्रवक्ता महराले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्