साहसिक जीपलाइनमा प्रचण्ड सरर जाँदा…. (तस्वीरसहित)

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जोखिमपूर्ण मानिने जीपलाइनको अनुभव बटुलेका छन् । परिवारसहित सुकुटे पुगेका प्रचण्डले निकै अनुभवी व्यक्तिले जसरी नै जिपलाइनमा सयर गरेका हुन् ।

साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै आनन्द बटुलेको बताए ।

जीपलाइनको मध्य भागमा पुग्दा प्रचण्डले दुबै हात फैलाएका थिए । उनको एक हातमा सेल्पी स्टिक क्यामेरा थियो ।

काठमाडौबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरु भएको हो । जिपलाइनको टेक अफ थाक्लेडाँडा, धुलिखेलदेखि ल्यान्डिङ स्टेसन खावा, पाँचखालसम्मको दुरी ११ सय मिटर रहेको छ ।

‘नडराइकन त्यसरी जानुहोला जस्तो विश्वास गरेका थिएनौं ।’ एकजना प्रत्यक्षदर्शीले भने, ‘तर वहाँ त निकै साहसिक हुनुहुँदो रहेछ ।’

प्रचण्ड जीपलाइनमा सरर गएको भिडियो अहिले भाइरल बनेको छ ।


तस्वीरः रामप्रसाद सापकोटा, विष्णु कान्त घिमिरे तथा फेसबुकबाट

कमेन्ट गर्नुहोस्