‘दश बुँदेको ट्याउँ ट्याउँ’ भन्दै माधव नेपालले गरे यस्तो व्यंग्य

सिन्धुपाल्चोक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दश बुँदे सहमति भन्दै आएकाहरुको एमालेमा हरिबिजोग भएको टिप्पणी गरेका छन् ।

विगतमा माधव नेपालसँगै भएपनि नेकपा एमालेमैं बसेका दश जना स्थायी कमिटी सदस्यप्रति लक्षित गर्दै नेपालले दश बुँदे भन्न थालेपछि ओलीले ट्याउँ टयउँ भन्ने नभन्दा आफ्नै अस्तित्व सिद्दिने अवस्थामा उनीहरु पुगेको बताए । ओलीले १० बुँदेको ट्याउँ ट्याउँ कति गरेको भनेर हेप्न थालेको प्रसंगमा उनले यो कुरा गरेका थिए ।

‘‘आदेशको पालना गर्‍यो भने स्याबास १ बस्न पाउँछ । आदेशको पालना गरेन भने कति ट्याउँ ट्याउँ गरेको कति ट्याउँ ट्याउँ गरेको १० बुँदेको‘’ उनले भने, ‘सुन्नुभएको छैन १० बुँदेको ट्याउँ ट्याउँ । १० बुँदे भन्ने साथीको कस्तो हरिविजोग । छैन कुनै मर्यादा । कुनै सम्मान छैन ।’

गत बुधबार एमाले अध्यक्ष ओलीले माधव नेपालले पार्टी फुटाउदैनन् कि भनेर मात्र १० बुँदे सहमति गरेको भन्दै त्यसको एकतारे बजाइरहनुको अर्थ नभएको टिप्पणी गरेका थिए ।

शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्ने मनसाय नदेखिएको भन्दै १० बुँदे कार्यान्वयन कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।

कमेन्ट गर्नुहोस्