एम्बुलेन्स र मोटरसाईकल ठोक्किँदा बुटवलमा २ जनाको मृत्यु

एम्बुलेन्स र मोटरसाईकल ठोक्किँदाबुटवलमा २ जनाको मृत्यु

बुटवल । बुटवलमा एम्बुलेन्स र मोटरसाइकलबीच ठक्कर हुँदा दुईजनाको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा एकआपसमा ठक्कर खाएको थियो।

गए राति भएको दुर्घटनामा मोटरसाइकल चालक गुल्मी घर भई हाल तिलोत्तमा नगरपालिका ३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडी सवार सैनामैना ४ का ३५ वर्षीय निशान क्षेत्रीको मृत्यु भएको हो। दुर्घटनामा गम्भिर घाइते भएका थापा र क्षेत्रीको उपचारको क्रममा गए राति सवा १ बजेतिर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

गैंडहवा गाउँपालिका ६ का ३६ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र मुराउ घाइते भएका छन ।

कमेन्ट गर्नुहोस्