सुर्खेतबाट काठमाडौं आइरहेको बस धादिङको गजुरी पुग्दा एक्कासी आगो लागेपछि…

काठमाडौं । सुर्खेतबाट काठमाडौं आइरहेको बसमा आगलागी भएको छ ।

सुर्खेतबाट काठमाडौं आइरहेको पञ्चकोशी यातायात प्रालिको ना ६ ख १४७१ नम्बरको बसमा आइतबार राति २ बजे गजुरीमा आगलागी भएको हिो ।

धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीका अनुसार, गुडिरहेकै बेला बसमा एक्कासी आगो लागेको थियो ।

‘बसको अधिकांश भाग जलेपनि मानवीय क्षति भने हुन पाएन । बसबाट धुवाँ आएको देखेपछि तत्कालै सबै यात्रुलाई बाहिर निकालिएको कारण मानवीय क्षति हुन पाएन । ‘बाहिर निकाल्न नसक्दा केही यात्रुका सामान भने जलेका छन्।

बसमा इलेक्ट्रिक सट भएर बसमा आगो लागेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्